कुमारी बैंक लिमिटेडले महेन्द्रनगरस्थित फलफूल तथा तरकारी पसलहरुमा क्यूआर कोडहरु हस्तान्तरण गरेको छ। मन्डी ब्यवसायी संघको समन्वयमा बैंकले कारोबारको सहजताका लागि फलफूल तथा तरकारी व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको प्रमुख आतिथ्य तथा कञ्चनपुर मन्डी व्यवसायी संघका अध्यक्ष बिशाल सोनारको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दीपक खनाल तथा कञ्चनपुर शाखा प्रबन्धक जनकराज चटौतले क्यूआर प्रविधिको प्रयोग तथा महत्वको बारेमा सो अवसरमा प्रकाश पारेका थिए । यसबाट नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल अभियानमा बैंकिङ प्रविधि विस्तार तथा विकासमा सहयोग पुग्ने बैंकले जनाएको छ। कुमारी बैंकले देशभरि एक सय ९२ शाखा, एक सय ५६ एटीएम, २२ शाखारहित बैंकिङ एजेन्ट तथा १४ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुस