बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका परीवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख दिने निर्णय गरेको छ। दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो।

बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यबाद व्यक्त गरिएको गाउँपालिकाले जनाउको छ। उक्त घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख राहत दिने निर्णय गरेको थियो। त्यस्तै पिडीत परीवारलाई नेपाली कांग्रेशले पनि २ लाख राहत दिएको छ।

भागरथीको बलात्कार पछि हत्या गरेको स्विकार गरेका सोही ठाउँका दिनेश भट्टमाथी अदालतबाट म्याद थप गरी अनुशन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस