सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो।योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। सर्वोच्च अदालतले १० पुसपछि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको आदेश दिएको थियो। फागुन ७ मा एमिकस क्युरी (अदालतका सहयोगी) सहित पक्ष र विपक्षको बहस सकिएको थियो।

प्रतिक्रिया दिनुस