कञ्चनपुरमा काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का रबिन्द्र भनिने खगेन्द्र राना रहेका छन्।

रानालाई अदालतले २०७६ पुस १२ गते १८ महिना कैद र १५ सय जरिवाना सजाय सुनाएको थियो। उनलाई मङ्गलबार घर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस