कञ्चनपुरमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा आएको छ । गत असारमा भीमदत्त नगरपालिकाले बोलपत्र आह्वान गरेअनुसार सुदिप इन्टरनेशनले ३८ लाखमा कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको हो । अब कोरोना संक्रमितहरुको स्वाव महाकाली अस्पतालमै परिक्षण हुने र धनगढी पठाउनु पर्ने बाध्यता हटेको अस्पताल व्यवस्थापनका अध्यक्ष कृष्णदत्त जोशीले मानसखण्डसंग बताए ।

पिसिआर मेसिनले कोरोना मात्र नभएर अन्य बिभिन्न किसिमका रोगहरुको पनि परिक्षण गर्ने र बिरामीहरुलाई अस्पतालमा भर्ना लिन पनि सजिलो हुने गरेको उनले बताए । अस्पतालले मेसिन सञ्चालनमा आए देखी दैनिक ७० देखी १ सय जनाको स्वाव परिक्षण गर्दै आएको छ ।अस्पतालले केरोना परिषण गरेको १ हजार रुपैया लिने र आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क परिक्षण गर्ने जनाएको छ ।

अस्पतालले पिसिआर परिक्षणको लागि आवस्यक पर्ने बिएमएलटी चार, माइक्रो बायलोजिष्ट १, ल्याब टेक्नेसियन २ र ४ जना स्वीपर लगायतले कार्यभार समालेर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुस