कञ्चनपुरको बेलौरीस्थित महाकाली माविका शिक्षक मधुविशाल ढुंगानामाथि लागेको यौन दुव्र्यवहार र भीमदत्त नगरपालिका मटैनास्थित बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक खड्क सिंह विष्टमाथि छात्रा कुटपिट सम्वन्धी लागेको आरोपको निष्पक्ष छानविनको माग गरिएको छ।

नेपाल शिक्षक संघ कञ्चनपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै शिक्षक ढंगाना र प्रधानाध्यापक विष्टमाथि लागेका आरोपको निष्पक्ष छानविन गरि तत्काल रिहाई गर्न समेत माग गरिएको छ। शिक्षक महाकाली माविमा अध्ययनरत कक्षा ६ की छात्रालाई सोही विद्यालयका शिक्षक ढंगानाले यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो भने बैजनाथ सिद्धनाथ माविकी छात्रालाई कुटपिट गरेको आरोप लागेको थियो।

कुटपिटबाट घाईते भएकी छात्राको उपचार धनगढीमा भैरहेको छ। शिक्षक मधुविशाल ढुंगानाले सोही विद्यालयकी छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्ने आरोप झुटो भएको र उनलाइ फसाउने काम गरेको नेपाल शिक्षक संघ कञ्चनपुरले जनाएको छ। शिक्षक माथि धनगढीको बाल हेल्पलाईन र ईलाका प्रहरी कार्यालय बेलौरीले कक्षा ६ मा पढ्ने छात्रालाई यौन दुव्र्यवहार गरेको भन्ने कुरा बाध्य पार्न लगाएको विज्ञप्तिमा उल्लेख छ। शिक्षकबाट त्यस्तो कार्य नभएको बुझीन आएको र कपोकल्पित र कुनै कर्मचारीको दवावमा आएर फसाउने षड्यन्त्र कार्य गरेकोप्रति नेपाल शिक्षक संघ कञ्चनपुरले घोर भर्सना गरेको छ।

छात्रालाई धनगढीको बाल हेल्पलाइनले आफ्नो नियन्त्रणमा लिएर भन्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुस