पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। आज मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए। पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो। १ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रतिक्रिया दिनुस