फाइल।

कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाँउपालिका – १ का प्रकाशबहादुर देउवा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुओषधसहित बुधबार पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको हो।

प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट दैजीतर्फ जाँदै गरेका उनलाई बेलडाँडी गाँउपालिका २ क्याम्पमा जाँच गर्ने क्रममा लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। उनीविरूद्ध थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस