दोस्रो कञ्चनपुर क्रिकेट कप टी–२० प्रतियोगिता यही फागुन २० गते देखि सुरु हुने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दे क्रिकेट संघ कञ्चनपुरले फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना गरिने जनाएको हो।

पालिका स्तरीय क्रिकेट प्रतियोगितामा कञ्चनपुरका ७ स्थानीय तहको सहभागिता रहने आयोजकले जनाएको छ। कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्दका अनुसार जिल्लाको महाकाली नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको टिमको सहभागिता रहने छ। समूह“ ए“ मा भीमदत्त ,बेलौरी ,शुक्लाफाटा र बेलडाँडि रहेका छन्।

समूह “बि“ मा बेदकोट,दोधारा चाँदनी र कृष्णनगपालिका रहेका छन्।
प्रतियोगिता लिक कम नकआउटको आधारमा दुई समूह विभाजन गरी प्रतियोगिता फागुन २० देखि २६ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको हो। जसमा यू–१९ उमेर समूहका ५ जना खेलाडी अनिवार्य रूपमा राख्नु पर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि एउटा यू–१९ खेलाडीलाई छनोट गरी टिम बनाउनमा भने ठुलो सहयोग पुग्ने देखिन्छ। प्रतियोगिताको च्याम्पियन हुने टिमले १ लाख पुरस्कार र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन्। जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।

प्रतिक्रिया दिनुस