सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ती संगै क्रियाखर्च दिने सहमती भएको छ। महाकाली यातायात प्रा.ली. र मृतकका परिवार विच इलाका प्रहरी कार्यालय झलारीमा कानुन अनुसार क्षतीपूर्ती दिने सम्झौता भएको हो। महाकाली यातायत प्राली र मृतकका आफन्तविच कानुन अनुसार क्षतीपूर्ती दिने कुरामा सहमती भएको हो। यस्तै तत्काल क्रियाखर्च वाफत ८० हजार रकम दिने सम्झौता भएको मृतकका आफन्त चन्नरी दमाइले बताए।

साथै उनले कानुन अनुसार क्षतीपूर्ती दिने कुरामा पनि सहमती भएको जानकारी दिए। गत सोमवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर –११ स्थित वनहरा जंगलमा धनगढीवाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ४ ख १६६४ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको म ३ प १४८० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भिनपा–१४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिका २ का २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको थियो। स्थानियले क्षतीपूर्ती संगै दोषीउपर कारवाही माग गर्दै बुधबार वाणी सडक खण्डमा टायर वालेर केही घण्टा चक्काजाम गरी सडक अवरुद्ध पारेका थिए। क्षतीपूर्ती दिने सहमती भएसँगै मृतकको शव दाहसंस्कारका लागी भुजेला घाट लगिएको छ।

प्रतिक्रिया दिनुस