नेकपाको प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि माधव प्रचण्ड समुहले स्थायी समितिको बैठक बोलाएको हो । सर्वोच्चको फैसलापछि प्रचण्डले त्यसमा असन्तुष्टि जनाइसकेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिको अवस्था र सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न आज ११ बजे स्थायी समितिको बैठक बोलाइएको जानकारी दिए । नेकपाका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको भन्दै त्यसको परिणामा राम्रो नहुने चेतावनी समेत दिएका थिए । उनले सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भएको भन्दै आज बस्ने स्थायी कमिटी बैठकले आवश्यक निर्णय लिने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुस