सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले पार्टी सम्बन्धी निर्णयले अनौलता सुजना गर्ने कार्य गरेको बताएका छन्। आइतबार बेदकोट नगरपालिका १० चथरीस्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले अदालतको निर्णय जनअपेक्षा विपरीत आएको बताए। ‘निर्णयले खुसी दिएको छैन’, उनले भने, ‘नेकपाकै नामबाट राष्ट्रिय सभा सदस्य चुनिएका छन्। उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन्। मनमा चिसो पसेको छ। देशलाई अन्यौलतातिर धकेलेको छ।’

‘दुई पार्टीबीच एकता जनअपेक्षा अनुरुप कार्य गर्ने, पटक पटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो’, उनले भने, ‘यिनै कुराहरुलाई अघि सार्दै चुनावमा भोट माग्यौं। जनताले दुई तिहाए पुर्‍याए। संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुसी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको उनको भनाइ थियो।

विकासका लागि जनअपेक्षा धेरै भएको चर्चा गर्दै उनले त्यसको परिणाम देखिने गरी आउने बताए। स्थानीय साधन श्रोतको प्रयोग गरी पहाड, तराई हिमाल गरी नौ वटै जिल्लामा ग्रामीण शाखा सडकहरुलाई कालोपत्रे गर्ने कार्यसँगै मझौला तथा लघु जलविद्युत् आयोजनाको कार्य निजि–साझेदारी गरी निर्माणको कार्य बढेको पनि उनको भनाइ थियो।

प्रतिक्रिया दिनुस