कञ्चनपुरमा एक वडा अध्यक्षमाथी स्थानियले ढुङ्गा प्रहार गरी घाइते बनाएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश बहादुर बिकमाथी सामान्य विवादका क्रममा प्रहरीकै उपस्थीतीमा स्थानियले गरेको ढुङ्गा प्रहारबाट उनको टाउँकोमा चोट लागेको छ। शनिबार राती सामान्य विवादका कारण स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहराले वडाध्यक्ष विकमाथि ढुङ्गाले प्रहार गर्दे कुटपिट गरेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो ।
वडाध्यक्ष विकको कञ्चनपुरमा सामान्य उपचार पछि धनगढिमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमर बहादुर थापाक्षेत्रीका अनुसार सामान्य विवादका क्रममा स्थानियले ढुङ्गाले प्रहार गरी कुटपिट गरेको खुल्नमा आएकाले दुवै जनालाई नियन्त्रण लिइ सोधपुछको काम भइहेको छ।
यता बेतकोट नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दे प्रहरी कै अगाडी वडा अध्यक्ष बिकमाथी भएको कुटपिट निन्दनिय भएको उल्लेख गरेको छ। नगरप्रवक्ता नरेश बहादुर सिहद्धारा हस्ताक्षरीत विज्ञप्तिमा दोषी उपर कडा कार्वाहीको माग गरीएको छ।