फाइल।

सुदूरपश्चिम प्रदेशमा हालसम्म साढे एक लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन्। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार हालसम्म प्रदेशभरि एक लाख ४९ हजार ५७९ जनालाई खोप लगाइएको हो। पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई उक्त खोप लगाएका हुन्। खोप लगाउनेमा सबैभन्दा बढी कैलालीका ४० हजार ३०१ जना रहेका छन्।

यस्तै‚ कञ्चनपुरका २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६, अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्धुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ जना रहेका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको खोप अभियान गत माघ १४ देखि सुरु भएको थियो। दोस्रो चरणको गत फागुन २३ गतेबाट सुरु भएको हो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइँदै छ।

प्रतिक्रिया दिनुस