कंचनपुरको झलारीमा बृहत् योग शिविरको आयोजना गरिने भएको छ। पतंन्जलि योग समिति शुक्लाफाँटाको आयोजनासंगै पतंन्जलि योग समिति कंचनपुरको सहजिकरणमा झलारीमा बृहत् योग शिविरको आयोजना गरिने भएको हो।
शुक्लाफाँटा नगरपालिका –१० स्थित श्री कृष्ण माविको प्राङ्गणमा चैत ५ गते देखि ९ गतेसम्म विहान ५वजे देखि ७ वजेसम्म योग शिविर संचालन हुने आयोजकले जनाएको छ। झलारीमा ५ दिने योग शिविरमा प्रशिक्षण दिन पतंन्जलि योगपिठ हरिद्वारवाट आचार्य वालकृष्ण जिको निर्देशनमा सादवि देवादिति आउने पतंन्जलि योग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिले जानकारी दिए।
बृहत् योग शिविरवाट हजारौको संख्यामा योगप्रेमिजन आम सर्वसाधारणले समेत लाभलिन सक्नेगरि कार्यक्रमको तयारी भईरहेको अवस्थीले जानकारी दिए। निरन्तरको योगले स्वस्थ निरोगि तनावमुक्त जिवनशैलि अपनाउन सहज हुने संगै लाखौंको औषधि उपचारको झन्झटवाट समेत मुक्ति मिल्ने हुदा योग शिविरमा सहभागी भयर योगानन्द लिन सार्वजनिक सुचना मार्फत सवैलाई जानकारी गरिएको उनले वताए।