राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशित गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । कक्षा ११ को आंशिक÷ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ ।

टेलिकमको १६०० मा १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।

 

प्रतिक्रिया दिनुस