तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक पुरुष मृतावस्थामा फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको हो।
विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट बुधबार मृत भेटिएका हुन् । उनले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ ।” मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुस