कञ्चनपुरमा भन्सार छलेर ल्याइएका १ लाख १२ हजार बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ र ५ साथै बेलौरी नगरपालिका वडा नम्बर १० मा भन्सार छलेर ल्याइएका काठमा लगाउने पेन्ट, तार्पिन तेल, फलामको किला, मार्बल बिलेट, टेबुल पंखा, बिडी, मिठो सुपारी, मैदा र चिनीलगायतका अवैध सामान गरि ६२ हजार ५ सय ९० बराबरको समान बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो।
त्यस्तै पुर्नवास नगरपालिका वडा नम्बर ६ नौगाउँमा म २ प २५६ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए । बरामद गरेको मोटरसाइकललाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली र सामानलाई गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाइको प्रवक्ता थापा क्षेत्रीले जानकारी दिए।