प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जनलाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । प्रहरीको गोली लागेर घाइते भएका कैलालीका २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेल लाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो।

दुवै जनालाई नेपालगन्ज बाट काठमाडौँ रेफर गरिएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। मङ्गलवार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्की चुहा नगरपालिका–१ की २२ बर्सिया कमला देवकोटाको मृत्यु भएको थियो। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की मा स्थानीयले प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् । ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस