प्रहरीले १२ केजी गाँजासहित बाराबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षकी मिनादेवी रहेकी छन्। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ गरेको हो।
प्लाष्टिकको झोला बोकेर जीतपुरबाट पटेर्वा सुगौलीतर्फ जान भनि अटो कुरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। गाँजासहित पक्राउ परेकी मिनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए।
प्रतिक्रिया दिनुस