अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद् हुन् । उनको जन्म १४ मार्च १८७९ मा भयो भने १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण  E = mc2 को लागि चिनिन्छन् ।

उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश–विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो । आइन्स्टाइनले सापेक्षताको विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए ।

उनको अन्य योगदानहरुमा – सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरूलाई उत्परिवत्र्तन सम्भाव्यता, एक अणुयुक्त ग्यासको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।

आइन्स्टाइनले ५० भन्दा बढी शोध–पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी–पुरुष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् वैज्ञानिक मानियो । आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ । उनै आइन्सटाइन एक पटक नुहाउन भनी बाथरूम भित्र छिरे । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् । उनको बहिनी मजाले अब दाइ निस्कलान् भने प्रतिक्षा गरिरहिन् ।

अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपछि उनलाई डर लाग्यो । ढोक ढक्ढक्याउदै बोलाइन् । केही समयपछी जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टावल बोकेर बाहिर निस्किदै भने, ‘आई एम् सरी, म त आफ्नै विचारमा हराउदा नुहाउन नै बिर्सेछु ।’ यति भनेर उनी फेरी नुहाउनलाई बाथरूमभित्र छिरे ।

प्रतिक्रिया दिनुस