जनशक्ति व्यवस्थापन विभागले वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । हालै नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार तल उल्लेख भए बमोजिम बिदा दिने निर्णय गरेको छ । सूचनामा उल्लेख भए बमोजिम सम्बन्धित धर्म,संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुमा सम्बन्धित कर्मचारीहरुले स्वयम घोषणा गरी सम्बन्धित विभाग,कार्यालय,महाशाखा, इकाईहरु मार्फत् जनशक्ति व्यवस्थापन विभागमा अग्रिम रुपमा जानकारी गराउनु पर्नेछ । बैंकहरुको वैशाख १ देखि कार्तिक १५ गते सम्म तथा माघ १५ गते देखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपरान्ह ५ बजे कार्यालय समय तय भएको छ ।

यस्तै, कार्तिक १६ गते देखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म कार्यालय समय रहेको छ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म रहेको छ । यसैगरी, बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ । त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म रहेको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुस