कञ्चनपुरमा चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन्। चोरी मुद्धाका फरार जिल्लाको पुनर्वास नगरपालिका –६ (ङ) गाउँका मनिष बिकलाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। उनलाई जिल्ला अदालत कञ्चनपुरको २०७७ फागुन २७ गतेको फैसलाले ३ महिना कैद र १० हजारको जरिवाना सजाय सुनाएको थियो।
त्यसपछि फरार सूचिमा रहेका विकलाई पक्राउ गरी अदालतमा पेश गरिएकोमा अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुस