बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि युवती सँग रंगेहात फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ का वडा अध्यक्ष भरत महरा दोश्रो पटकपनि एक महिला सँग शंकास्पद रुपमा कोठामा भेटिएका हुन्। गए राति दोगडाकेदार–६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले चाल पाएपछि प्रहरीलाई खबर गरे। राति नै नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन्।
उनले भने, ‘अध्यक्षजी राति यता गाउँमा आएका रहेछन्, गाउँलेले उहाँलाई समात्ने बेला हातपात पनि भएको छ।’ महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘दुवैजना हाम्रो नियन्त्रणमा रहेका छन्,’ अधिकारीले भने‚ ‘नेटवर्कको समस्याले फोनमा धेरै कुरा बुझ्न पाइएको छैन्, अहिले जिल्ला ल्याउँदैछौं, थप कुरा पछि थाहा हुन्छ।’ तरुनी प्रेमी वडा अध्यक्ष महरा यसअघि चैत ५ गते राति पनि स्थानीय खोचलेक बजारको एक होटेलमा ति नै महिला सँग रात बिताएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसबेला उनकी श्रीमतीले दिएको सुचना अनुसार प्रहरीले उनलाई नियन्त्रण लिएपछि महिला घरपरिवारको आपसी समझदारीमा चैत ६ गते छोडेको थियो। ती महिला एकल रहेकी बताइएको छ। वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।