त्रिनगर नाका

त्रिनगर भन्सार नाकाभएर स्वदेश भित्रिएका सुदूरपश्चिमका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार नाकामा राखीएको ऐण्टीजोनमा गरीएको परीक्षणमा आठ पुरुष सहित एक महिलामा संंंक्रमण पुष्टि भएको हो।  त्रिनगर नाका भन्सारका राखीएको हेल्थडेक्सका प्रमुख दिनेश ठकुल्लाले भारतबाट उनिहरुमा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमण पुष्टि हुनेमा भारतको सुरतबाट आएका कैलालीको दोगदावरी नगरपालिका एक पुरुष, डोटीको शिखर नगरपालिका ८ का एकजना, डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का एकजना, कैलालीको घोडाघोडी नगरपालिका ५ र ८ का १–१ जना, डोटिको दिपायल नगरपालिका २ का एकजना, अछामको मंगलसेन नगरपालिका २ का एकजना र कञ्चनपुरको पुर्नवास नगरपालिका ८ का एक पुरुष एक महिला रहेका छन्। उनिहरुलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखीएको छ।

त्यस्तै बिहिबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा घोडाघोडी नगरपालिका वडा नम्बर २ र ६ का ३०–३० वर्षीय दुई पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनिहरुको अवस्थामा सामान्य रहेको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिपीक कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस