बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन्। उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए। कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन्।

सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन्।

प्रतिक्रिया दिनुस