२१ चैत्र–कञ्चनपुरमा दुई जना काठ तस्कर पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक बनबाट पूर्व अध्यक्षका छोरा सुरेन्द्र ऐरी सहित दुई जना शनिवार बिहान पक्राउ परेका हुन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार उनीहरूलाई आज बिहान ३ बजे निकुञ्ज प्रशासन र नेपाल आर्मीको टोलीले गस्तीका क्रममा जंगलबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलौरी हात्तिभोजा घर भएका सुरेन्द्र र वडा नम्बर ९ स्थित खजुवा फाटाका गोपाल ठगुन्ना रहेको सहायक निकुञ्ज प्रमुख रमेश चौधरीले जानकारी दिए।
 उनको साथबाट एक बैलगाडा, सालको गोलिया बरामद गरिएको उनले बताए। मुचुल्का तयारपारि मजगाउँ ल्याउने तयारी भइरहेको सहायक निकुञ्ज प्रमुख चौधरीले जानकारी दिए। उनले थप ३ जनाको परीचय खुल्न बाँकी रहेको बताए।
प्रतिक्रिया दिनुस