फ्रान्समा कोभिड–१९ संक्रमित राख्न अस्पतालमा बेडको अभाव भएको छ। संक्रमितको संख्या अस्वाभाविक तवरले बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्था हो।
संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ। सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ। साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ। फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ।
योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ।
प्रतिक्रिया दिनुस