काठमाडौँमा सम्पन्न १५ औँ राष्ट्रिय बुदोकै–दो खेलमा कञ्चनपुरको टिम उत्कृष्ट भएको छ। गत शुक्र र शनिवार किसीपिडी शाखाले काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ मा आयोजना गरेको १५ औँ राष्ट्रिय बुदोकै–दो(कराते)  खेलमा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका -१का खेलाडीले उत्कृष्ट स्थान ओगटेका हुन्।
४० केजी तौल समूहमा उत्कृष्ट खेलाडी पवन बोहरा र विकास महरा तितृय भएका छन्। यस्तै ३५ केजी तौल समूहमा भुवन विष्ट प्रथम, मनिश जोशी द्धृतिय भएका छन्। भने ३० केजी तौल समूहमा रोहित विष्ट उत्कृष्ट भएका छन्।
No description available.
यस्तै महिलातर्फ ४५ केजी तौल समूहमा सुक्फाँटाकी पुजा साउद तृतीय भएकी छन्। प्रतियोगितामा शुक्फाँटाका खेलाडी सागर विष्ट, लक्ष्मण बोहरा र मुकेश चन्दले शरीरमा मोटरसाइकल चढाएर साहसिक खेल प्रदर्शन गरे।
No description available.
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका  रमा आले मगर, विशिष्ट अतिथिमा नेपाली निर्देशनका द्धन्द्ध निर्देशक, फाइटर राजेन्द्र खड्की र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम भुसाल लगायत दर्शकहूरुको सहभागिता रहेको थियो।
No description available.
प्रतिक्रिया दिनुस