फाइल।

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खाने पानी ट्याँकी नजिक रोकी राखेको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोक्किँदा कारमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक महिला सुर्खेत छिन्छुकी अन्दाजी २५र२६ वर्षीया सुनिता पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी विष्टले जानकारी दिए। कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५का नरेन्द्र कुँवर गम्भीर घाइते भएको प्रहरीले बताएको छ। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुस