अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए। पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन्। पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो। प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ।
घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो।
राष्ट्रपति बाइडेनले भने, ‘यो महामारीजस्तै हो’
अमेरिकामा लगातार भइरहेको गोलीबारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए।
एक हप्ता अघि पनि भएको थियो गोलीबारीः
अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गोलीबारीका कारण लकडाउन लगाइएको थियो । यो घटनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गोली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृत्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गोलीबारीमा मारिइसकेका छन् ।