मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत स्याउले सडक सुचारु भएको छ। उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए।

प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ। शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुस