डोटीको शिखर नगरपालिकाले विशु पर्व मनाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो।
नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन्। सरकारले वायु प्रदूषण भएको र त्यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने भन्दै चैत १६ देखि २० सम्म विद्यालय बन्द गर्न निर्देशन दिँदा शिखर नगरपालिकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुस