कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले यस चैत्र महिना भित्र सम्पूर्ण पालिकालाई पूर्ण खोप सुनिश्चितता गरी जिल्लालाई नै वैशाख पहिलो साता पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताए।

तामाङले खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्न स्वमसेवीकाहरुको योगदान अतुलनिय रहेको जानकारी दिए। “खोप सुनिश्चितता एवं दिगोपना घोषणा कार्यक्रमलाई सफल पार्नका लागि स्वमसेवीकाहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ,उनले भने,वेल्डाडी गाउँपालिकाबाट सुरु भएको यो पूर्ण खोप सुनिश्चितता कार्यक्रममा शुक्लाफाँटा पाँचौ हो”।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले उक्त घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै शुक्लाफाँटा नगरपालिकाका २१ वटा खोप केन्द्रबाट मासिक खोप कार्यक्रम सञ्चालन भइराखेको बताए। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका को.चे.अ. जनक कुँवरले वैशाख २० गतेभित्र सुदूरपश्चिम प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिने कार्यक्रम रहेको जानकारी दिए। कार्यक्रममा बोल्दै नगर प्रमुख दिल बहादुर ऐरले जनाताको आधारभूत मौलिक अधिकार स्वास्थ्यका लागि नगरपालिका लागि परेको बताए। यसअघि गत शुक्रबार मात्रै कञ्चनपुरको बेदकोटलाई पनि पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुस