नेकपा माओवादी केन्द्रले बैतडीका सबै स्थानीय तहमा इञ्चार्ज र अध्यक्ष तोकेको छ। माओवादी केन्द्र बैतडीका संयोजक प्रेम प्रकाश भट्ट आदित्यका अनुसार दशरथचन्द नगरपालिकाको इञ्चार्जमा मदन बडु, अध्यक्ष बाशुदेव भट्ट, पाटन नगरपालिका इञ्चार्जमा हरिश विष्ट , अध्यक्षमा तर्क ठगुन्ना, मैलौली नगरपालिकामा इञ्चार्ज धर्मसिंह दयाल, अध्यक्ष भिमबहादुर चन्द र पुर्चौडी नगरपालिकामा इञ्चार्ज शैलेन्द्र धानुक, अध्यक्षमा आनन्द सिंह धामीलाई तोकिएको छ।

यस्तै सुर्नया गाउँपालिकामा इञ्चार्जको जिम्मा नरी भाटलाइ दिइएको छ भने अध्यक्षको जिम्मा जगदिश कँुवरलाई दिइएको छ। पञ्चेश्वर गाउँपालिकामा इञ्चार्ज कमल राज बिक, अध्यक्ष दिपक चन्द, शिवनाथमा नरेन्द्र साउद इञ्चार्ज, अध्यक्ष गोरख साउद , दोगडाकेदारमा तारा कुँवर इन्चार्ज, अध्यक्ष मान सिंह ऐरी, डिलाशैनी गाउँपालिकामा लोकेन्द्र राना इञ्चार्ज, अध्यक्ष जगदिश नाथ र सिगास गाउँपालिकामा बिर सिंह ऐर इञ्चार्ज र अध्यक्षको जिम्मा प्रकाश साउदलाई दिइएको छ। इञ्चार्ज र अध्यक्ष तोकेसंगै ८१ जनाको नगर कमिटि ,७५ जनाको गाउँकमिटि र २९ जनाको वडाकमिटि गठन गरिने भएको छ। यसैबिच माओवादी केन्द्रले बैतडीले १० ओटै स्थानीय तहमा बिस्तारित बैठक गर्ने पनि भएको छ। वैशाख ४ गतेदेखि सुरु हुने बैठक वैशाख १४ मा सम्पन्न हुनेछ ।

वैशाख ४ गते पुचौडीमा, ५ गते सिगासमा , ६ गते सुर्नयामा, ७ गते पाटनमा , ८ गते दशरथचन्दमा , १० गते डिलाशैनीमा बिस्तारित बैठक बस्ने छ। यस्तै १२ गते मैलौलीमा, १३ गते पञ्चेश्वर र १४ गते शिवनाथमा बैठक बस्ने बताएको छ। नेकपा माओवादी केन्द्र बैतडीमा १ सय ७५ जनाको जिल्ला कमिटि रहेको छ।

प्रतिक्रिया दिनुस