नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुस