मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नेकपा क्रान्तिकारी माओवादीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुस