नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पत्रकार महासंघका सदस्यहरुको सुद्धिकरण गरिने बताएका छन्। अवैधानिक तवरले महासंघको सदस्यता बितरण गरिएको भनि बिरोध भैरहेकाबेला नवनिर्वाचित अध्यक्ष रावलले आगामी दिनमा सुद्धिकरण गरिने बताए। चैत्र २५मा सम्पन्न चुनावबाट निर्वाचित भएका अध्यक्ष रावल सहितको टोली मंगलबार मतदाताहरुलाई धन्यवाद दिन बैतडी पुगेको छ । प्रदेश अध्यक्ष योगश रावल, उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना लगायतको टोलीलाई रेडियो निङ्गलाशैनि बैतडीले स्वागत गर्दै बधाई ज्ञापन गरेकोछ ।

देशैभरी पत्रकार महासंघको निर्वाचन सम्पन्न भएपनि बैतडीमा निर्वाचन हुन नसकेकोमा प्रदेश समिति गम्भीर रहेको अध्यक्ष रावलको भनाई छ । अरु सबै जिल्लामा निर्वाचन सम्पन्न हुदाँपनि बैतडीमा भने निर्वाचन हुन सकेको छैन् । बैतडीमा गैर पत्रकारहरुलाई अवैधानिक तवरले सदस्यता प्रदान गरिएकोमा सुद्धिकरणको माग राख्दै संघर्ष समिति समेत गठन भएको थियो । सदस्यता सुद्धिकरण बिनै निर्वाचन हुन नदिने उक्त समितिको माग अनुसार निर्वाचन हुन नसकेको हो । नव निर्वाचित प्रदेश अध्यक्ष रावलले भने आगामी दिनमा आफुहरु हरेक सञ्चार गृहमा पुगेर सदस्यता सुद्धिकरण गर्ने बताए। पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरुले जिल्लाका पत्रकारहरु संगको भेटघाट तिब्र पारेकाछन् ।

प्रतिक्रिया दिनुस