नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् । ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको छ ।

धनगढीले राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहेका युगलकिशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राई एएफसी ए लाइसेन्स प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा हालै झापा फुटबल क्लबलाई प्रशिक्षण दिएका थिए ।सफल व्यासायिक खेलाडी किरणले राउन्डग्लास पञ्जाब एफसीबाट आई लिग खेलेका थिए ।

आई लिगको आफ्नो अन्तिम खेल अघि स्वदेश फर्केका किरणको नेतृत्वमा नेपालले चैत १६ गते थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबल सिजनको उपाधि जितेको थियो । त्यसलगत्तै उनी एएफसी प्ले अफर दी विक चुनिएका थिए । पछिल्लो पाँच वर्षदेखि विदेशी लिगमा व्यस्त किरण घरेलु फुटबलमा फर्केका छन् । दशरथ रंगशालमा लामो समयपछि उनले व्यवसायिक फुटबल खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुस