कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेलमा स्टार सिटीले विजयी सुरुवात गरेको छ। शनिबार देखी धनगढीमा सुरु कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय भएको हो।

खेलमा धनगढी युवा क्लबको २ गोल र स्टार सिटीको ३ गोल भएको थियो। “स्वास्थ्यका लागी खेलकुल, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित शनिवार देखी धनगढीमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो।

धनगढी रङ्शालामा सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जेठ १ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली जिल्ला फुटबल संघले जनाएको छ। फुटबल प्रतियोगितामा कैलाली जिल्लाका १७ ओटा फुटबल टिमको सहभागिता रहेको छ।

जिल्ला लिग फुटबल प्रतियोगिताका सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिँहले उट्घाटन गरे। केन्द्रीय अखिल नेपाल फुटबल संगको बार्षिक निती तथा कार्यक्रम अनुसार प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुस