सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पिसीआर परिक्षणमा कञ्चनपुरका २ जना सहित सुदूरपश्चिमका ३१ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा बेदकोट नगरपालिकाका र कृष्णपुर नगरपालिकाका १–१ जना रहेका छन्। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका ७ जना, गोदावरी नगरपालिकाका २ जना पुरुष र १ महिला गरी ३ जना, घोडाघोडी नगरपालिकाका २ पुरुष र १ महिला गरी ३ जना, भजनीका ३ जना, गौरीगंगाका १ जना रहेका छन्।

त्यस्तै छेडेदह बाजुराका १ जनामा पनि संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये २ जना भेन्टिलेटरमा उपचार गर्दै छन भने ६ जना आईसियुमा कोरोना बिरुद्ध लड्दै छन।

प्रतिक्रिया दिनुस