बडिमालिका एकता समाज कञ्चनपुरले कार्य समिति चयन गरेको छ। शनिवार महेन्द्रनगरको होटेल कलसमा आयोजित बडिमालिका एकता समाज कञ्चनपुरको घोषणा सभा तथा नव वर्षको अवशरमा आयोजित विषु पर्व विशेष शांस्कृती कार्यक्रममा कार्यसमिती चयन गरेको हो।

समाजको अध्यक्षमा अफिलाल जोशी चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा डम्बर खडका, सचिव नृग बहादुर शाह सुर्य सुनार, कोषाध्यक्ष संगिता शाह, सह सचिव खगेन्द्र रावल लगायतका २३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो। ‘सस्कृति संरक्षण र पहिचान प्रवद्र्धन–हाम्रो अभियान’का साथ आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका लोक साँस्कृतिक नृत्य एव साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्य समितिले आफ्नो लोक संस्कृतिको पहिचान संरक्षण प्रर्बद्धन गरिने प्रतिबद्धता जोहर गरेको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश आन्तरिक मामता तथा योजनामन्त्री प्रकाश शाहले आफ्नो मौलिक लोक संस्कृतिको संरक्षणमा जोडदिदै प्रदेश सरकारका तर्फबाट सहयोगको बाचा गरे।

प्रतिक्रिया दिनुस