पूर्नस्थापनाको माग अघि सारेर कञ्चनपुरका आरक्षपिडीत निरन्तर आन्दोलीत छन्। जिल्लाको कृष्णपुर नगरपालिका क्षेत्रका आरक्षपीडित विगत तीन दिनदेखि पूर्नस्थापनाको माग अघि सार्दे आन्दोलीत भएका हुन्।

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तगत वाणीमा तीन दिनदेखि उनिहरुले सडक अवरुद्ध पारेका छन्। वर्तमान सरकारले आरक्षपीडितलाई झुटा आश्वासन दिएर पीडितको पूर्नस्थापनाका लागि कुनै पहल नगरेको भन्दै आन्दोलीत हुनुपरेको आरक्षपीडित पूर्नस्थापनाका अभियन्ता युवा सिरोमणी कुमार ओझाले बताए।

उनले शनिबार पनि राजमार्ग क्षेत्रमा केही समय बन्द गरिएको बताए। अभियन्ता ओझाले पटक पटक सरकारसंग ताकेदा गर्दा समस्या जस्ताको तेस्तै रहेको गुनासो गरे। उनले शुक्लाफाँटा महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले १९ दिनमा आरक्षपीडितको समस्या समाधान गर्ने बचन दिएका भएपनि कुनै व्यवस्थापन नगरिदा आफुहरु आन्दोलीत हुनुपरेको उनले बताए।

May be an image of outdoors

विंस. २०५८ सालमा शुक्लाफाँटा निकुञ्जको विस्तारका क्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पालनामा संकटकालको मौकाछोपी जनताको घरमा आगजनी एव हात्ति लगाएर जबरजस्ती विस्थापित गरेको भन्दै पीडितले देउवा त्यसयता पटक पटक प्रधानमन्त्री हाल पनि प्रधानमन्त्रीको लाईनमा भएकाले उनले नै चासो नदिएकाले समस्या जस्ताको तेस्तै रहेको औल्याएका छन। आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन। दैनिक सडक अवरुद्ध गरिदा यात्रुहरु भने मारमा पर्दे आएका छन्।

प्रतिक्रिया दिनुस