दार्चुला– महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिकंर सडकको कार्यप्रगति निरीक्षण गर्न नेपाल सरकारका तीन मन्त्री दार्चुला आउदै छन। सडक निरीक्षणका लागि भौतिक योजना तथा पुर्वाधार मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहितको टोली आइतबार विहान दार्चुला आउन लागेका हुन।

दार्चुला–तिकंर सडकको कार्यप्रगति बारे नेपाली सेनाको हेलिकोप्टरमार्फत निरीक्षण गर्ने र दार्चुला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिए। सडकको कार्यप्रगति लगायत विषयमा आज विहान ११ बजे महाकाली नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ। २०६४÷०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला तिंकर सडक निर्माणले १२ वर्ष बढि हुँदा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन नसकेको गुनासो कायमै छ।

यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ। गत वर्ष २०७७ मा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहल तथा नेपाल सरकारको निर्णय अनुसार दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुस