गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिंह साउँदले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउने भनेर प्रदेश सरकार कानमा तेल हालेर सुतेको बताएका छन। शनिबार नेकपा एमाले गोदावरी नगरकमिटिले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले सो कुरा बताएका हुन।

उनले प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउन नसकेर बिना कारण केन्द्र सरकारलाई दोष लगाईरहेको बताए। उनले भने ‘प्रदेश सरकारले बिना काम केन्द्र सरकारलाई दोष लगाईरहेको छ। त्यो केन्द्र सरकारको कमजारी हो र ? केन्द्रले त राजधानी बनाउनुस भनेर बजेट नै छुट्याएको छ ।’ उनले मुख्यमन्त्री कर्मचारी जस्तो भएर कार्यालयमा बसेको आरोप लगाए । ‘काम नगर्ने अनी कर्मचारी जस्तो भएर कार्यालयमा बस्ने मुख्यमन्त्री छन ।  त्यस्तै कमिसनमा दैडने मन्त्री छन । यस्ता प्रवृती भएकाहरुले के काम गर्छन।’

उनले प्रदेश सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाए । प्रदेश सरकारले गोदावरी नगरपालिकाका लागि पठाएको रकम फिर्ता गरेको आरोप गलत भएको उनले बताए। ‘हामीले कहाँको रकम फिर्ता ग¥यौं ? कुन शिर्षकको रकम फिर्ता ग–यौं ?’ उनले भने ‘जेठको २५ गते बजेट पठाउने अनी असारको पहिलो साता हिसाव माग्ने अनी त्यति छोटो समयमा बजेट कार्यान्वयन गर्न सकिन्छ ?’यसअघि गोदावरीको लालपुरमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले गोदावरी नगरपालिकाले आफूले पठाएको रकम फिर्ता पठाएको भन्दै चर्को आलोचना गरेका थिए ।

सोहि कुरालाई लक्षित गर्दै नगरप्रमुख साउँदले प्रतिप्रश्न गरेका थिए । उनले नगरपालिका भित्र पनि कांग्रेसबाट जितेका प्रतिनिधिहरु माथि बिभेद नगरेको बताए । ‘नगरपालिका भित्र पुर्वाग्रहि ढंगले काम गरेको छैन । नेपाली कांग्रेसका जनप्रतिनिधि भएपनि सबैलाई समान व्यवहार गरेको छु । मैले समान व्यवहार गर्दा पनि वहाहरुको चित्त बुझेको छैन’ उनले भने ‘कति चाहि वहाहरुलाई भुल्याउने । वहाँहरु केटाकेटी त होईनन् । कुरा गरौं भन्दा पनि छलफलमा नआउने ।’नेकपा एमाले गोदावरी नगर कमिटिका अध्यक्ष गोकर्ण भट्टको सभापतित्वमा भएको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सदस्य मान बहादुर रावल रहेक थिए ।

प्रतिक्रिया दिनुस