पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिजो (शनिबार) डाकिएको सर्वदलीय बैठकमा आफूलाई निम्तो नै नआएको जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए।

सो बैठकमा जसपाकै नेताहरू अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालगायत भने पुगेका थिए। तर, डा. भट्टराईले सर्वदलीय बैठकमा जान पार्टीलाई निम्तो नै नआएको दाबी गरेका हुन्। साथै, ’चेइ!’ नभनी कुकुर पनि कसैको घर नजाने हुनाले मिडियाबाट सुनिएको बैठकमा हाम्फालेर नगएको जनाएका छन्।

उनले लेखेका छन्, ’चेइ नभनी कुकुर पनि कसैको घर जाककदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन। जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन। पछि मिडियाबाटै सुनियो–ः MMC  बैठक बहिष्कार पो भएछ !’

डा. भट्टराईको ट्वीट :

प्रतिक्रिया दिनुस