महाकाली नदिमा हाम फालेकी कञ्चनपुरकी एक युवतीको भारतीय प्रहरीले सकुसल उद्धार गरेको छ। जिल्लाको दोधारा–चादनी नगरपालिका–६ की ति युवतीले आइतबार साँझ महाकाली नदिको पुलबाट हामफालेकी थिइन्। भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्।

नदीको गहिराइ अधिक भए पनि ती प्रहरी कन्सटेबलले आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गरेको गढीयाले बताए। ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानाएको छ। महिलालाई उनका भाइ सागरको जिम्मा लगाइएको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस