कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय ललितजंग रावतको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको मागसहित आज विहानैदेखि पूर्वपश्चिम राजमार्गको दुई स्थानमा सडक अवरुद्ध गरेका छन् ।
लम्कीचुहा नगरपालिका–४ भल्का र बलिया बजारमा स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए । विहीबार दिउँसो ना ४ ख ३७२९ नम्बरको बसले म ८ प ३९८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुस