फाइल।

बझाङमा एक जना कोरोना संक्रमीतको निधन भएको छ। विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको हो। अस्पतालका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काका अनुसार संक्रमित व्यक्ति भारत बाट चैत्र २९ गते बझाङ पुगेका थिए।

उनको स्वास्थ्यमा समस्या देखीएपछि उनले सुरुमा जिल्लामा रहेका विभिन्न मेडीकल बाट औषधि खाएको थिए। उनले बैशाख ६ गते जिल्ला अस्पतालमा गरेको एन्टिजीन परिक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो। बैशाख ६ गते उनलाई जिल्ला अस्पतालको आईसुलेशनमा राखेर उपचार गराउन सुरु गरीएको थियो।

स्वास्थ्यमा थप समस्या भएपछि विहीबार अस्पताल बाट सेति प्रादेशिक अस्पताल ल्याउने क्रममा उनको बाटोमा नै निधन भएको अस्पतालले जनाएको छ। मृतकको शव नेपाली सेनाले अन्त्यष्टि गरेका छन्। यो संगै बझाङमा कोरोना संक्रिमीत बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया दिनुस