धनगढीबाट सात जना कोरोना संक्रमित व्यक्ति भागेका छन्। आइसोलेसन लैजाने क्रममा बिहिबार सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका हुन्। गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनिहरुको त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरू भारतीय नागरिक हुन्। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ।

प्रतिक्रिया दिनुस